तनहुँमा दुईजनामा कोरोना संक्रमण पुष्टि


२३ जेठ पोखरा  । तनहुँका दुईजना पुरुषमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

जिल्लाको ऋषिङ गाउँपालिकास्थित क्वारेन्टिनमा रहेका ३९ र ४० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको पोखरा स्थित गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । उनीहरु दुवैजना ऋषिङकै हुन् ।

पोजेटिभ देखिएका दुवैजनालाई तनहुँको सरकारी अस्पतालमा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुगेको छ ।

Comments

Popular posts from this blog

SEE, Class 11 and 12 examinations will be decided in a week: Minister of Education

थप जनामा ३२३ कोरोना संक्रमण पुष्टि, संक्रमितको ३२०० संख्या नाघ्यो